images

Sep 29 2026 | २०८३, असोज १३ गते

ओली–प्रचण्ड भेटवार्ता आज: चुनावी तालमेल र राजनीतिक अवस्था छलफलको मुख्य एजेन्डा

ओली–प्रचण्ड भेटवार्ता आज: चुनावी तालमेल र राजनीतिक अवस्था छलफलको मुख्य एजेन्डा

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
  • ओली–प्रचण्ड भेटवार्ता आज: चुनावी तालमेल र राजनीतिक अवस्था छलफलको मुख्य एजेन्डा

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ताको तयारी भएको छ ।

    नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीका अनुसार दुई नेताबिच शनिबार नै भेट्ने तय भए पनि प्रचण्ड सङ्खुवासभाबाट काठमाडौँ फर्कन ढिला भएपछि रोकिएको थियो । 


    एमाले सचिव महेश बस्नेतले दुई नेताबिच हिजै तय भएको भेट आज आइतबार दिउँसो हुने बताए । ‘हिजो नै भेटवार्ता हुने कुरा थियो । प्रचण्डको प्लेन आउन ढिला भएकाले रोकिन पुग्यो । अब आज दिउँसो भेटवार्ता हुने कुरा भएको छ ।’

    दुई नेताबिचको भेटमा समसामयिक राजनीतिका साथै आगामी निर्वाचनमा चुनावी तालमेलबारे कुराकानी हुने बुझिएको छ ।

     जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको नेताहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट