images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपालले भेनेजुएलामा अमेरिका–मदुरो घटनामा संयमता अपनाउन आह्वान

नेपालले भेनेजुएलामा अमेरिका–मदुरो घटनामा संयमता अपनाउन आह्वान

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २४ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २४ २०८२
  • नेपालले भेनेजुएलामा अमेरिका–मदुरो घटनामा संयमता अपनाउन आह्वान

     काठमाडौँ - सरकारले भेनेजुएलाको घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जनाएको छ। 

    अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको थियो। 

    नेपालका राजनीतिक दलहरूले अमेरिकाले एक सार्वभौम मुलुकको राष्ट्र प्रमुखलाई नियन्त्रणमा लिएको घटनाको विरोध जनाएका थिए। साथै काठमाडौंमा अमेरिका विरूद्ध प्रदर्शन समेत भएको थियो। 

    घटना भएको चार दिनपछि नेपाल सरकारले पनि सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको हो ।

    ‘नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले संवाद, कूटनीति र आपसी समझदारीमार्फत् विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्नेमा विश्वास गर्छ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट