images

Sep 29 2026 | २०८३, असोज १३ गते

समानुपातिक बन्दसूची संशोधनका लागि रास्वपा नेताहरू निर्वाचन आयोगमा

समानुपातिक बन्दसूची संशोधनका लागि रास्वपा नेताहरू निर्वाचन आयोगमा

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
  • समानुपातिक बन्दसूची संशोधनका लागि रास्वपा नेताहरू निर्वाचन आयोगमा

     काठमाडौँ- बन्दसूची अद्यावधिक गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली निर्वाचन आयोग पुगेको छ।

    उज्यालो नेपाल पार्टीको एकता बिथोलिएपछि प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची अद्यावधि गर्न रास्वपा सचिवालय सदस्य गणेश पराजुलीसहित नेता निर्वाचन आयोग पुगेका हुन्।

    शनिबार रास्वपा र उनेपाबीच एकता भाँडिएको थियो।

    रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा उनेपाका १४ जना उम्मेदवार समाविष्ट छन्। रास्वपाले सूची अद्यावधिक गर्न लागेको हो।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको छ,’ प्रवक्ता मनिष झाले भने।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट