पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापानमा प्रधानमन्त्री कार्कीको सहभागिता
पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापानमा प्रधानमन्त्री कार्कीको सहभागिता
काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र पार्टीको चियापानमा सरिक भएकी छन्।
राप्रपाले ३०४ औँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा कार्की सरिक भएकी हुन्। राप्रपाले नेपाल एकिकरणको सुरूवात गरेका राजा पृथ्वीनारायण शाहको तस्विरमा पुष्पगुच्छा चढाउने लगायतका अन्य कार्यक्रम आयोजना गरेको थियो।
सो कार्यक्रममा राप्रपाले आमन्त्रण गरेपछि शिष्टाचारका लागि प्रधानमन्त्री सहभागी हुन गएको उनको सचिवालयले जनाएको छ।
नेपाल एकिकरणको सुरूवात गरेका राजा शाहको जन्मदिन भएकाले पुस २७ लाई पृथ्वी जयन्ती वा एकता दिवस मनाउने चलन छ। आज सरकारले सार्वजनिक विदा समेत दिएको छ।
