images

Sep 29 2026 | २०८३, असोज १३ गते

ज्यालो नेपाल पार्टीको समानुपातिक सूची राष्ट्रिय परिवर्तन पार्टीको नाममा अद्यावधिक

ज्यालो नेपाल पार्टीको समानुपातिक सूची राष्ट्रिय परिवर्तन पार्टीको नाममा अद्यावधिक

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
  • ज्यालो नेपाल पार्टीको समानुपातिक सूची राष्ट्रिय परिवर्तन पार्टीको नाममा अद्यावधिक

     काठमाडौँ -कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट समानुपातिक सूची अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

    आयोगका एक अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएपछि उनेपा समानुपातिक सूची अद्यावधिकका लागि आइतबार आयोग पुगेको थियो।

    उनेपाले गत कात्तिक ३० गते दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीको नामबाट सूची बुझाएको छ।

    अद्यावधिकका लागि बुझाएको सूचीमा पार्टीका यसअघि अध्यक्ष रहेका अनुपकुमार उपाध्यायको नाम खसआर्य क्लस्टरतर्फ पहिलो नम्बरमा छ। त्यस्तै, आदिवासी जनजातितर्फ डा। महेन्द्र लावतीको नाम पहिलो नम्बरमा छ।

    रास्वपाबाट अलग भएपछि समानुपातिकतर्फ उम्मेदवारी छुट्ने भए पनि उनेपाले बाँसुरी चुनाव चिह्न भएको राष्ट्रिय परिवर्तन पार्टीसँग मिलेर सूची बुझाएको हो।

    यसअघि उनेपाले निर्वाचन आयोगमा १८ जनाको नाम बुझाएको थियो। रास्वपासँग गत पुस १४ गते पार्टी एकता भएपछि ती नाम फिर्ता लिएर रास्वपाकै सूचीमा सूचीकृत गरेको थियो।

    रास्वपाले बुझाएको सूचीमा १४ जना मात्र समेटिएका थिए। उनेपाले राष्ट्रिय परिवर्तन पार्टीबाट अद्यावधिक गरेको सूचीमा आफूले पहिले नै राखेका नामहरू मिलाएको आयोगले बताएको छ।

    राष्ट्रिय परिवर्तन पार्टीका एक सदस्यले बताए अनुसार समानुपातिकतर्फ बाँसुरी चुनाव चिह्नबाटै मत माग्ने गरी सूची अद्यावधिक गरिएको हो।

    राष्ट्रिय परिवर्तन पार्टीले निर्वाचन आयोगमा ४९ जना उम्मेदवारको सूची बुझाएको थियो।
    ती सदस्यका अनुसार उनेपासँग पार्टी एकता गर्ने समझदारी भएको छ। यो पार्टीमा जेनजी अगुवाहरू पनि समेटिएका छन्। भदौ २३ र २४ को आन्दोलनका घाइतेहरू पनि समेटिएको ती नेताले बताए।

    उनेपाका उपाध्यक्ष जीतराम लामाले पनि राष्ट्रिय परिवर्तन पार्टीसँग एकताको कुरा भइरहेको जानकारी दिए। रास्वपासँग अलग भएलगत्तै पहिले बुझाएका १८ जनाको सूची कायम गरिनुपर्ने मागसहित निवेदन दिएको लामाले बताए।

    'यदि सूची नबुझे हामी अदालत जान्छौं भनेका थियौं। त्यसपछि आयोगले तीन दिनको समय मागेको छ। हामीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकताको कुरा पनि सँगै अगाडि बढाइरहेका छौं, उनले भने।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट