images

Sep 29 2026 | २०८३, असोज १३ गते

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ४ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ४ २०८३
  • जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

    काठमाडौँ ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। 

    सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाए। 

    उनले सो प्रतिवेदन सबै सांसदहरूलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए। 

    नेता केसीले भने, ‘भदौ २३ र २४ को नरसंहार र विध्वंशको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइ सकिएको छ। तर उक्त दस्तावेज अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरूलाई उपलब्ध गराइयोस् भन्ने माग गर्दछु।’

    उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरूको आपत्ति छ।

    नेता केसीले सरकारले त्यस्ता आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाइ गर्न नहुने बताए। –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट