images

Sep 29 2026 | २०८३, असोज १३ गते

संसद् हल निर्माण ढिलाइमा सभामुख कडा, हरेक दिन एक करोड जरिबानाको चेतावनी

संसद् हल निर्माण ढिलाइमा सभामुख कडा, हरेक दिन एक करोड जरिबानाको चेतावनी

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १ २०८३
  • संसद् हल निर्माण ढिलाइमा सभामुख कडा, हरेक दिन एक करोड जरिबानाको चेतावनी

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद् हलको स्थलगत निरीक्षण गरेका छन् ।

    संसद् सचिवालयका कर्मचारीहरूसहित उनी निरीक्षणमा पुगेका हुन् । गत जेठ १५ गते सोही हलबाट बजेट सार्वजनिक गर्ने घोषणा भए पनि हल अहिलेसम्म तयार हुन सकेको छैन । सो सन्दर्भमा सभामुख अर्यालले हल कुन मितिसम्म तयार हुने भनी निश्चित समयसीमा तोक्न निर्देशन दिए । साथै समयमा काम नसकिए हरेक दिन एक करोड रुपैयाँ जरिबाना तिराउने कडा चेतावनी पनि दिए । उनले सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाई निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिए ।

    उनले भने, 'रातदिन काम गरेर भए पनि बोलेको कुरा पूरा गर्नैपर्छ। बहाना बनाइरहनुभएको छ। तपाईंहरूले हाम्रो कुरा नटेरेको होला, तर यो त अपमान भएन र ? यो राष्ट्रकै अपमान हो। अब मलाई ठोस निष्कर्ष चाहियो — यहाँ म कुनै बहाना सुन्दिनँ।'

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट