images

Sep 29 2026 | २०८३, असोज १३ गते

विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको संसदमा स्पष्टीकरण

विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको संसदमा स्पष्टीकरण

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ४ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ४ २०८३
  • विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको संसदमा स्पष्टीकरण

    काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘ठेकेदारको खुट्टा भाँचिदिन्छु’ भन्ने आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले उक्त अभिव्यक्तिको उद्देश्य विकास निर्माणका काम समयमै सम्पन्न गराउनु रहेको बताएका छन् ।

    काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने भन्ने आफ्नो अभिव्यक्तिबारे मन्त्री लम्सालले ठेकेदार कम्पनीलाई जिम्मेवार र जवाफदेही बनाउन खोजिएको  स्पष्ट पारे। उक्त भनाइ कसैलाई दुःख दिने वा धम्क्याउने उद्देश्यले नभएको उनको भनाइ थियो। उनले ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा ठेक्का रद्द गर्नुपर्ने अवस्था सिर्जना हुने तथा त्यसबाट समय र स्रोत दुवैको क्षति हुन सक्ने भएकाले सचेत गराएको बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट