एमाले धक्का खाएको हो, समाप्त भएको होइनः ओली
एमाले धक्का खाएको हो, समाप्त भएको होइनः ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले धक्का खाएको स्वीकार गर्दै तर त्यो समाप्त भइनसकेको प्रतिक्रिया दिएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा भ्रम सिर्जना भएकाले पार्टीले धक्का खेपेको बताए, साथै पार्टी फेरि उठ्ने विश्वास व्यक्त गरे ।
उनले भने, "हामीहरूमाथि अनेक प्रकारका आरोप लगाइए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेका छैनौँ। हाम्रा कमी–कमजोरी रहे होलान्, त्यसमा हामी आत्मसमीक्षा गर्नेछौँ, तर हामीले देश बर्बाद पारेको भन्ने भाष्य गलत हो। हामीले बर्बाद पारेनौँ, बरु अगाडि बढायौँ ।
