images

Sep 29 2026 | २०८३, असोज १३ गते

संसद्का दुवै सदनको बैठक आज, प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापन विधेयकमाथि छलफलको प्रस्ताव आउँदै

संसद्का दुवै सदनको बैठक आज, प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापन विधेयकमाथि छलफलको प्रस्ताव आउँदै

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक पनि सदनमा पेस हुने

बिहीबार , असोज ८ २०८३
बिहीबार , असोज ८ २०८३
  • संसद्का दुवै सदनको बैठक आज, प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापन विधेयकमाथि छलफलको प्रस्ताव आउँदै

    काठमाडौं, ८ असोज ।

    सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजे बोलाइएको छ।

    सम्भावित कार्यसूचीअनुसार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार सदनमा पेस भइसकेको ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने छन्। फोहोरमैलाको उत्सर्जन, सङ्कलन, विसर्जन र समग्र व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट पार्ने उद्देश्यले विधेयक ल्याइएको मन्त्री लम्सालले बुधबार जानकारी दिएका थिए।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री गौतमले यो विधेयक असोज २ गते दर्ता गराएकी थिइन्। विधेयकले कानुनी सहायतासम्बन्धी ऐन, २०५४ लाई परिमार्जन गर्दै निःशुल्क कानुनी सहायता पाउने व्यक्तिको दायरा फराकिलो बनाएको छ।

    राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।

    यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलले प्रतिनिधिसभाको बैठकमा सांसदको नियमित र प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट