images

May 17 2024 | २०८१, जेठ ४ गते

काठमाडौं महानगरले उठायो एकैदिन साढे ३ करोड घरवहाल कर

काठमाडौं महानगरले उठायो एकैदिन साढे ३ करोड घरवहाल कर

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २५ २०८०
  • काठमाडौं महानगरले उठायो एकैदिन साढे ३ करोड घरवहाल कर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैदिन साढे ३ करोडभन्दा धेरै घरवहाल कर उठाएको छ ।

    images
    images


    महानगरले सोमबार मात्रै  ३ करोड ६३ लाख ८३ हजार ४२३.७८ रुपैयाँ संकलन गरेको हो । महानगरपालिका राजस्व विभागको सार्वजनिक गरेको तथ्यांक अनुसार सो रकम उठाएको हो ।

    त्यस्तै, सम्पत्ती कर ३६ लाख १२ हजार ४२०.६३ र भुमि तथा मालपोत कर बाफत ३७ हजार ९.२९ रुपैयाँ उठाएको छ ।
    पर्यटन शुल्क १ लाख ५३ हजार ७ सय, प्रशासनिक सेवा शुल्क २ हजार ४० रुपैयाँ संकलन गरेको हो भने महानगरले नक्सापास दस्तुर १६ लाख ४२ हजार ७९९ रुपैयाँ, सिफारिश दस्तुर २ लाख ९० हजार १३२ रुपैयाँ कर संकल गरेको हो ।


    व्यक्तिगत घटना दस्तुर बापत ५ हजार १ सय, नाता प्रमाणित दस्तुर १७ हजार १ सय र व्यवसाय रजिष्ट्रेशन दस्तुर ४३ लाख ७६ हजार ९३४ रुपैयाँ उठाएको छ ।

    त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ६६ हजार रुपैयाँ र धरैटी सदस्यता बाफत ७ सय रुपैया गरी कुल ४ करोड ७५ लाख ५१ हजार ४३९.९८ रुपैया आज एकै दिन कर उठाएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट