images

Sep 29 2026 | २०८३, असोज १३ गते

निर्माण व्यवसायीहरुको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको ऐक्यवद्धता

निर्माण व्यवसायीहरुको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको ऐक्यवद्धता

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • निर्माण व्यवसायीहरुको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको ऐक्यवद्धता

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्वारा जारी आन्दोलनप्रति महासंघले एक्यवद्धता जनाएको छ ।

    कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको निर्माण क्षेत्रका जायज माग सुनुवाइमा भैरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको महासंघले उल्लेख गरेको छ ।  

    व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुँदा वित्तिय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुँदा त्यसतर्पm सरकार सम्वेदनशील हुनु जरुरी रहेको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।

    बिकास निर्माण र सर्वसाधारणको जीवन यापनसँग समेत जोडिएका परियोजना रोकिंदा सरकारको पूँजीगत खर्च पनि हुन नसकेको महासंघको भनाइ रहेको छ । यसले गर्दा जनताले पनि सुविधा पाउन नसकेको उल्लेख गरिएको छ। महासंघले भनेको छ, ‘गत बर्ष पूँजीगत खर्च जम्मा ६१ प्रतिशत भएको छ । यसले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश गएको छैन ।’

    महासंघले निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तिय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा पनि गम्भीर असर परेको जनाएाके छ । राजस्व १३ प्रतिशतले घटेको र उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा मात्र चलिरहेको पनि महासंघको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट