images

May 17 2024 | २०८१, जेठ ४ गते

टाेखा–तारकेश्वरमा गैरकानुनी रुपमा बालुवा चाेरी निकासी

टाेखा–तारकेश्वरमा गैरकानुनी रुपमा बालुवा चाेरी निकासी

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • टाेखा–तारकेश्वरमा गैरकानुनी रुपमा बालुवा चाेरी निकासी

    काठमाडाैंकाे टाेखा नगरपालिका र  तारकेश्वर नगरपालिकाका सीमामा रहेकाे साङ्ले खोलामा अनधिकृत रुपमा बालुवा उत्खनन् गर्ने क्रम चलेकाे छ । 

    images
    images

    करिडोरको इन्द्रायणी पुलदेखि माथी भत्केको पुलसम्म दर्जनौ ठाउँबाट अनधिकृत रुपमा बालुवा उत्खनन भइरहेकाे हाे । 

    खुलमखुला रुपमा गैरकानूनी रुपमा बालुवा निकाली बेचविखन भइरहँदा पनि सराेकारवाला निकाय माैन रहेकाे छ । 

    स्थानीय सरकारकाे रुपमा रहेकाे टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका साथै प्रहरी प्रशासन माैन रहँदा नदीबाट बालुवा चाेरी निकासी गर्नेहरुलाई बल मिलेकाे छ । 

    स्थानीय तहहरुले यसमा चासाे नदिंदा स्थानीय बासिन्दा रुष्ट छन् । 

    बर्सेनि बर्खामा यसरी उत्खनन हुँदा पनि चासो नदिनुले कतै स्थानीय सरकार, प्रशासनकै मिलेमतो त छैन भन्ने शंका स्थानीयबासीले गरेका छन् । बिगतमा स्थानीय प्रहरीले गस्ती गरि निरुत्साहित गर्ने गरेकोमा हाल प्रहरी पनि भूमिकामा देखिएको छैन । 

    यससम्वन्धमा टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसँग जिज्ञासा माग्न पटक पटक सम्पर्क गरे पनि फाेन नउठाउँदा वास्तविकता स्पष्ट हुन सकेकाे छैन ।

    WhatsApp Image 2023-08-10 at 14.20.35.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट