Aug 11 2026 | २०८३, साउन २६ गते

सुन तस्करी रोकिएन, कर लगाएर आयात खोलौँ : शेरबहादुर देउवा

सुन तस्करी रोकिएन, कर लगाएर आयात खोलौँ : शेरबहादुर देउवा

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • सुन तस्करी रोकिएन, कर लगाएर आयात खोलौँ : शेरबहादुर देउवा

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर लगाएर आयात खोल्न पर्ने बताएका छन्। कांग्रेस संसदीय दलको बैठकमा देउवाले कर तिरेर सुनको आयात खुलाउनुपर्ने धारणा राखेका हुन्।

    images

    ‘वर्षौंदेखि सुन तस्करी हुने गरेको छ। रोक्न सकिएको छैन,’ देउवाले भने, ‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ, नत्र यो समस्या जहिले पनि रहिरहने भयो।’

    सुन तस्करी नियन्त्रण गर्न अर्थमन्त्री र उनी मातहतको भन्सार विभाग असफल भएको आरोप लाग्ने गरेको छ। अहिले अर्थमन्त्री नेपाली कांग्रेसकै सांसद प्रकाशशरण महत छन्। हाल नेपाल राष्ट्र बैंकले एक दिनमा १० किलो सुन मात्र बजारमा पठाउने गरेको छ। व्यापारीहरूले यति सुनले नपुग्ने बताउँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट