images

May 17 2024 | २०८१, जेठ ४ गते

सार्वजनिक सवारीको भाडा बढ्यो, कहाँ कति नि ?

सार्वजनिक सवारीको भाडा बढ्यो, कहाँ कति नि ?

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • सार्वजनिक सवारीको भाडा बढ्यो, कहाँ कति नि ?

    काठमाडौं । पेट्रोलियम पर्दाथको मूल्य बढेसँगै अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश सवारी साधनको भाडा बढेको जानकारी दिएको छ ।

    images
    images

    विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।

    इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ ।

    काठमाडौं–काकटभिट्टाको नयाँ भाडादर १ हजार ७२५ कायम भएको छ। यसअघि त्यसरूटको सवारी भाडा १ हजार ६४८ थियो। काठमाडौं–कैलालीको अत्तरिया–डडेलधुरा हुँदै वैतडीसम्मको नयाँ भाडा २ हजार ६ सय २८ कायम भएको छ। यसअघि त्यस रुटको भाडादर २ हजार ५१० थियो।

    काठमाडौं–अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा ३ हजार १५ रूपैयाँ तोकिएको छ। यसअघि त्यस रूटमा २ हजार ८८० भाडादर थियो।

    काठमाडौं–गुलरियाको समायोजित भाडादर १ हजार ६०८ रहेको छ। यसअघि त्यस रूटमा १ हजार ५३६ रूपैयाँ भाडादर थियो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट