Aug 11 2026 | २०८३, साउन २६ गते

भारत भ्रमणमा रहेका सीके राउत भाजपाको हेडक्वाटरमा

भारत भ्रमणमा रहेका सीके राउत भाजपाको हेडक्वाटरमा

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • भारत भ्रमणमा रहेका सीके राउत भाजपाको हेडक्वाटरमा

    काठमाडौँ । नेपाल जनमत पार्टीका अध्यक्ष डा सीके राउत भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा)को हेडक्वाटरमा पुगेका छन्।

    images

    बुधबार नयाँदिल्लीस्थित दिन दयाल उपाध्याय मार्गमा रहेको मुख्यालयमा पुगेर उनले भाजपाका विदेश मामिला इन्चार्ज विजय चौथाइवालेसँग भेटघाट गरेका हुन्।

    भेटघाटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन छलफल भएको भाजपा विदेश विभागले जनाएको छ । उनीहरूबीच दुई देशमा पार्टी सम्पर्क विस्तार गर्ने विषयमा पनि छलफल भएको भाजपाले ट्विटरमार्फत् जनाएको छ। 

    भेटमा चौथाइवालले राउतलाई भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा लिखित ‘मोदी शार्पिङ अ ग्लोबल अर्डर इन फ्लक्स’ पुस्तक उपहार दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट