Aug 12 2026 | २०८३, साउन २७ गते

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ३० २०८०
  • अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । भ्रमणमा उनले गाजामा हमासविरुद्ध भूमिगत आक्रमण गर्ने इजरायलको योजनाबारे बुझ्ने बताइएको छ ।

    images

    यस्तै, इजरायलले सर्वसाधरणको हताहत कम गर्ने तरिकाले कसरी आफ्नो आक्रमण गर्नसक्छ भनेर पनि उनले छलफल गर्ने बताइएको छ । गाजामा हमासविरुद्ध इजरायलले व्यापक आक्रमण गरिरहेको छ तर, यसमा प्यालेस्टाइनीहरूले ठूलो संकटको सामना गरिरहेका छन् । यसबीच इरानले इजरायलविरुद्ध पूर्व–प्रभावकारी एक्सन चाल्ने चेतावनी दिएको छ ।

    यसले दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह मिलिसियाको संलग्नताको संकेत गरेको छ । इजरायलमा अक्टोबर ७ यता हमासको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३०० नाघेको छ । इजरायलले गाजामा गरेको जवाफी हमलामा दुई हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट