Aug 12 2026 | २०८३, साउन २७ गते

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १७ २०८०
  • जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

    काठमाडौँ । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएकोछ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन् ।

    images

    “प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,” एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ । सोमबारदेखि जापानमा कम्तिमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट