Aug 12 2026 | २०८३, साउन २७ गते

लेबनानमा मारिए हमास उपप्रमुख सालेह

लेबनानमा मारिए हमास उपप्रमुख सालेह

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • लेबनानमा मारिए हमास उपप्रमुख सालेह

    लेबनानको राजधानी बेरुतमा भएको ड्रोन आक्रमणमा हमासका उपप्रमुख सालेह अल-अरुरी मारिएका छन्। बीबीसीका अनुसार लेबनानले हत्यामा संलग्नहरूलाई ‘दण्ड’ दिने चेतावनी दिएको छ।  तर इजरायलले आक्रमणमा हमासका उपप्रमुख मारिनु लेबनानविरुद्धको आक्रमण नभएको स्पष्टीकरण दिएको छ।  इजरायली प्रवक्ताले सालेह हमास नेतृत्वविरुद्धको सर्जिकल स्ट्राइकमा मारिएको बताएका छन्।

    images

    हमासले यस आक्रमणको कडा आलोचना गरेको छ। तर हमासनिकट मानिने हिजबुल्लाहले यसलाई लेबनानको सार्वभौमसत्ताविरुद्धको आक्रमण भनेको छ।

    लेबनानी मिडियाका अनुसार हमासका उपप्रमुख सालेह अल-अरुरी बेरुतको दक्षिणमा भएको ड्रोन आक्रमणमा मारिएका हुन्।

    अरुरीबाहेक यस हमलामा अरु ६ जनाको ज्यान गएको बताइएको छ, जसमध्ये दुई हमासका सैन्य कमान्डर तथा चार जना सदस्य रहेको बताइएको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट