Aug 12 2026 | २०८३, साउन २७ गते

रहेनन् ‘आओगे जब तुम ओ साजना’ का गायक उस्ताद राशिद खान

रहेनन् ‘आओगे जब तुम ओ साजना’ का गायक उस्ताद राशिद खान

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
  • रहेनन् ‘आओगे जब तुम ओ साजना’ का गायक उस्ताद राशिद खान

    मुम्बई । फिल्म निर्देशक इम्तियाज अलीको फिल्म ‘जब वी मेट’का लागि ‘आओगे जब तुम ओ साजना...’ गाएर चर्चित बनेका शास्त्रीय गायक उस्ताद राशिद खानको ५५ वर्षको उमेरमा मंगलबार कोलकातामा निधन भएको छ । उस्ताद राशिदको निधनको खबर सुनेपछि बलिउड र शास्त्रीय संगीत जगतमा शोकको माहोल छ ।

    images

    राशिद खानकी साथी तथा शास्त्रीय संगीतका चर्चित व्यक्तित्व डा सोमा घोषले भनिन्, ‘बूढो हुने उमेर हुँदैन, संगीत यो उमेरमा जवान बन्छ। रशिदको संगीत पनि जवान हुँदै गइरहेको थियो।’ यसै क्रममा बलिउड तथा शास्त्रीय गायिका कविता सेठले पनि खानको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको बताइन् ।  उनी केही दिनदेखि कोलकाताको पियरलेस अस्पतालमा उपचाररत थिए । गत महिना मात्रै उनको स्वास्थ्य बिग्रिएको खबर आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय उनी आईसीयूमा भेन्टिलेटरमा थिए । यसअघि उनको मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । तर पछि उनी कोलकाता फर्किए । उनको त्यहीँ मृत्यु भयो ।

    बलिउडका चर्चित गीतकार फैज अनवरले उनको निधनमा शोक व्यक्त गर्दै भने, ‘उहाँको यति चाँडै निधन हुनु शास्त्रीय संगीतका लागि अत्यन्तै दुखद खबर हो ।’

    यसै क्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ट्वीट गर्दै भनिन्, ‘उस्ताद राशिद खानको अन्त्येष्टिमा उनलाई सलामी दिएर बिदाइ गरिने छ। उनको पार्थिव शरीरलाई रवीन्द्र सदनमा राखिनेछ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट