images

Jul 27 2024 | २०८१, साउन १२ गते

म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
  • म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

    म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आईसीई) बरामद गरेको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सीसीडीएसी) ले बिहीबार  सो घटना बारे जनाकारी गराएको हो।

    images

    अनुसन्धान अधिकारीहरूले जनवरी ४ मा म्यानमारको क्षेत्रीय जलक्षेत्रमा काठको डुङ्गाको छानबिन गर्दा उक्त लागुपदार्थ जफत गरेका हुन् ।

    जफत गरिएका लागुऔषधको मूल्य ३६.२५ बिलियन क्याट (१७ मिलियन अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको  छ  । यस मुद्दामा पाँच जना शङ्कासापद व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

    पक्राउ परेका पाँच अपराधीसहित सात जनालाई लागुऔषध तथा साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको  बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार