images

Jul 27 2024 | २०८१, साउन १२ गते

अमेरिकी सरकारले बढायो भिसा शुल्क

अमेरिकी सरकारले बढायो भिसा शुल्क

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १८ २०८०
  • अमेरिकी सरकारले बढायो भिसा शुल्क

    वाशिङटन डिसी । अमेरिकाले भिसा शुल्क वृद्धिबारे ठुलो निर्णय गरेको छ । अमेरिकी सरकारले एच–वन बी, एल–वन र इवी –५ लगायत नन–इमिग्रेन्ट भिसाको शुल्क बढाएको छ । शुल्क वृद्धि सन् २०२४ को अप्रिलदेखि लागू हुनेछ । हाल ४६०  डलर रहेको एच–वन बी भिसाको शुल्क बढाएर ७८० डलर पुर्‍याइएको छ ।

    images

    यो भिसाको दर्ता पनि आगामी वर्षदेखि १० डलरबाट बढेर २१५ डलर पुग्नेछ । एल–वन भिसाको शुल्क ४६० डलरबाट बढेर १ हजार ३८५ डलरमा पुगेको छ । इवी –५ भिसाको शुल्क भने ३ हजार ६७५ डलरबाट बढेर ११ हजार १६० डलर कायम गरिएको छ । एच–वन बी भिसा गैर आप्रवासी भिसा हो । यो भिसा प्रायः अमेरिकी कम्पनीमा काम गर्नेहरू विदेशीलाई दिने गरिन्छ ।

    अमेरिकामा अभाव भएका सीपयुक्त विदेशीहरूलाई काममा लगाउन घरेलु कम्पनीहरूलाई सहज होस् भनेर यो भिसा ल्याइएको हो । यो भिसाको वैधता ६ वर्ष मात्रै हुन्छ । इवी–५ भिसा भने विदेशी आप्रवासीहरूलाई अमेरिकामा स्थायी बसोबास दिन सन् १९९० मा सुरु गरिएको थियो । यो अघि धनाढ्यहरुका लागि ल्याइएको भिसा हो । अमेरिकामा कम्तीमा ५ लाख डलर लगानी गर्नेलाई यो भिसा दिइन्छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार