images

Sep 29 2026 | २०८३, असोज १३ गते

भानु भक्त आचार्यको २११ औँ जन्म जयन्तीकाे अवसरमा खुल्ला कविता बाचन प्रतियोगिता  सम्पन्न

भानु भक्त आचार्यको २११ औँ जन्म जयन्तीकाे अवसरमा खुल्ला कविता बाचन प्रतियोगिता  सम्पन्न

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
  • भानु भक्त आचार्यको २११ औँ जन्म जयन्तीकाे अवसरमा खुल्ला कविता बाचन प्रतियोगिता  सम्पन्न

    काठमाडौँ । लियो क्लब अफ काठमाडौं मिलन र साउथवेस्टन साहित्य समाजको संयुक्त आयोजना गरिएको राष्ट्रिय विभुती आदि कबि  भानु भक्त आचार्यको २११ औँ जन्म जयन्तीका अवसरमा आयोजित खुल्ला कविता बाचन प्रतियोगिता  सम्पन्न भएको छ ।

    भानुभक्त आचार्य को सम्झनामा गरिएको यस कार्यक्रमा सबै प्रतियोगीले आफ्नो प्रतिभा देखाउँदै आफ्नो कबिता बाचन गरेका छन्। आजका केही कविता हरु येस्ता थिए कि उनी हामी माझ भएका भए आशिर्वाद दिने थिए  ।

    यस कार्यक्रमका प्रमुख अतिथि हरि सिङ केसी र निर्णायक मन्डलको भुमिका मा  राजेन्द्र लामिछाने थिए । साथै कार्यक्रममा रेनुका भण्डारी,लायन्स क्लब ओफ काठमाडौ मिलन का अध्यक्ष सुदिप धिताल लगायत जिल्ला परिषदका पधादीकारीहरु उपस्थित थिए । कबिता वाचनमा माधव बडाल प्रथम भएका छन् भने रमेश श्रेष्ठ दोस्रो र बिनय ढकाल तेस्रो भएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट