Aug 11 2026 | २०८३, साउन २६ गते

बिम्स्टेक शिखर सम्मेलनमा नेपाल सरकार र रेड बुल प्रतिनिधिबीच भेट

बिम्स्टेक शिखर सम्मेलनमा नेपाल सरकार र रेड बुल प्रतिनिधिबीच भेट

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत २४ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत २४ २०८१
  • बिम्स्टेक शिखर सम्मेलनमा नेपाल सरकार र रेड बुल प्रतिनिधिबीच भेट

    काठमाडौँ । हालै सम्पन्न छैठौ बिम्स्टेक शिखर सम्मेलनमा नेपाल सरकार र रेड बुल प्रतिनिधिबीच भेट शिखर सम्मेलन तथा नेपालका प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणको क्रममा प्रतिष्ठित इनर्जी ड्रिंक ब्रान्ड रेड बुलका थाई तथा नेपाली प्रतिनिधि र सरकारी पक्ष बीच महत्वपूर्ण अनौपचारिक भेटघाट भएको छ । थाईल्याण्डस्थीत नेपाली दुतावासले आयोजना गरेको रात्रीभोजमा नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय पररास्ट्रमंत्री आरजु राणा देउवा, रेड बुलको मातृकम्पनी TCP समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या तथा नेपालमा रेड बुलको लाइसेन्सी सरस बेभरेजेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालबीच उपलब्धीमूलक भेटघाट भएको थियो। 

    images

    उक्त भेटघाटमा सिलवाल र युविध्याले प्रधानमन्त्री ओली र पररास्ट्रमंत्री देउवालाई रेड बुल ब्रान्ड थाईल्याण्ड र नेपालबीच सहकार्यको सफल उदाहरण बनेको जानकारी गराउँदै विश्वव्यापी रूपमा अद्वितीय स्वाद र गुणस्तरको लागि परिचित रेड बुल ब्रान्ड नेपाली उपभोक्ता माझ पनि अत्यन्त लोकप्रीय रहेको जानकारी समेत गराएका थिए। 

    नेपालको अमरापुरीस्थित फ्याक्ट्री रेड बुलको विश्वकै पाचौं फ्याक्ट्री रहेको र उत्पादनमा आवश्यक पर्ने आधा भन्दा बढी उर्जा सोलार प्रविधिबाट उत्पन्न गराइने हुँदा बातावरणमैत्री फ्याक्ट्री अवलम्बन गर्न सफल भएको अवगत गराउदै सिलवाल र युविध्याले हाल नेपालस्थित फ्याक्ट्रीले ४०० बढीलाई रोजगारी दिई रहेको तथा थप २ मिल्लियन अमेरिकी डलर लगानी गरि उक्त फ्याक्ट्रीलाई विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने योजना पनि सुनाएका थिए।

    यस क्रममा सरस बेभरेजेजले नेपाली बजारमा नयाँ उत्पादनहरु ल्याउन तथा छिमेकी राष्ट्रहरु भारत र बंगलादेशमा निर्यातका लागि गृहकार्य गरिरहेको जानकारी समेत गराईएको थियो। हाल नेपालमा सरस बेभरेजले रेड बुलको व्यापारबाट १ अर्ब बढी कर नेपाल सरकारलाई बुझाउदै आएको छ। 

    ठूलो  लगानीका बावजुद रेड बुलले नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी  गम्भीर समस्याको सामना गरिरहेको ध्यानाकर्षण गराएका थिए। कमजोर गुणस्तरका पहेंलो तथा रेड बुल जस्तै देखिने इनर्जी ड्रिंकहरुको बाक्लो उपस्थितिले रेड बुलको बौद्धिक सम्पत्तिमा क्षय हुनुका साथै नेपाली उपभोक्ता झुक्कीरहेकोले प्रधानमन्त्री ओली र पररास्ट्रमंत्री देउवासँग सरकारी तवरबाट त्यसको निर्मूलनका लागि सहयोगको अपेक्षा गरेका थिए। सरकारी पक्षबाट पनि यस्तो अनुचित ब्यापारिक अभ्यास  विरुद्ध कडा कारबाही गर्ने आश्वाशन आएको थियो। 

    प्रधानमन्त्री ओली र पररास्ट्रमंत्री देउवाको थाईल्याण्ड भ्रमण अघि नेपाल स्थीत थाई राजदुत सुवापोंग सिरिसोर्नले सरस बेभरेजेजको मुख्यालय भ्रमण गर्नुका साथै खुल्ला सिमाना भएका देश र सिमानाबाट गैह्र कानुनी रुपमा भित्रिने र बाहिरिने इनर्जी ड्रिंकका बिषयमा चिन्ता ब्यक्त गर्दै गुणस्तरमा सम्झौता गर्न नहुने र गुणस्तर नभएका अन्य उत्पादनसंग नडराउन आग्रह गरेका थिए। थाई राजदुतको भेटघाट अघि TCP का प्रतिनिधिहरुले  समेत रेड बुलको फ्याक्ट्री नै पुगी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तर सुनिस्चित गर्न अनुगमन गरेका थिए। 

    २०७४ मा इनर्जी ड्रिंकहरूलाई आयात प्रतिबन्ध लगाएसंगै धेरै वर्षको अन्तरालमा सरस बेभरेजमार्फत रेड बुल ब्रान्ड नेपालमै फ्याक्ट्री स्थापना गर्ने निष्कर्षमा पुगेको थियो। विश्वको अतिकम बिकसित राष्ट्रको सुचीबाट विकासशील रास्ट्रको सुचिमा उक्लने नेपालको लक्ष्यलाई पछ्याउने कार्यमा स्वदेशमा उद्यमशीलता बढाऊन तथा आत्मनिर्भर मात्रै नभएर निर्यात गर्ने तर्फ अगाडि बढन कम्पनी तयार देखिएको छ। एक दशक अगाडि आयात गर्ने ब्राण्ड आज निर्यात गर्ने अवस्थामा आउनु गुणस्तर संगै विकाशील राष्ट्रमा उक्लने नेपालको लक्षमा सानो योगदान हुन् सक्छ। 


    (फोटोमा बाँयादेखि क्रमसः TCP का अन्तर्राष्ट्रिय बजार प्रमुख आंड्रास डोन्यर, TCP का CEO सरभूत युविध्या, नेपालका लागि थाई राजदूत सुवापोंग सिरिसोर्न, तथा सरस बेभरेजेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल।)

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट