Aug 11 2026 | २०८३, साउन २६ गते

हुलास स्टीलद्वारा अब बुटवलमा आफ्नो उत्पादन तथा सेवाकेन्द्रको स्थापना

हुलास स्टीलद्वारा अब बुटवलमा आफ्नो उत्पादन तथा सेवाकेन्द्रको स्थापना

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २५ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २५ २०८१
  • हुलास स्टीलद्वारा अब बुटवलमा आफ्नो उत्पादन तथा सेवाकेन्द्रको स्थापना

    काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाईजेशन अन्र्तगतको हुलास स्टिल ईन्डष्ट्रिज लिमिटेड ले विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु विगत ४३ वर्ष देखि उत्पादन गरी स्वदेशी तथा विदेशमा बिक्रि वितरण गर्दै आईरहेको अवस्थामा समय सापेक्ष रुपमा प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गर्दै जाने क्रममा आफ्ना सम्पुर्ण उपभोक्ताहरूको सुविधा र सर्वसुलभ तरिकाले उत्पादित बस्तुहरु उपलब्ध गराउने उद्देश्यले बुटवलमा आफ्नो उत्पादन तथा सेवाकेन्द्रको स्थापना गरेको छ । जसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउंदै ग्राहकहरुको सुविधालाई नयां उचाईमा पु-याउनेछ । 

    images

    हुलास स्टिल ईन्डष्ट्रिज लिमिटेडले बुटवल उत्पादन तथा सेवाकेन्द्रमा ग्राहकले अर्डर गर्नासाथ गुणस्तरिय H-Span / Hulas Heritage Sheet  उत्पादन गरी उपलब्ध गराउनेछ । तसर्थ हाम्रा उपभोक्ताहरुले किन रोज्ने हुलास स्टील कै उत्पादन र सेवाकेन्द्र ?

    - छिटो र भरपर्दो डेलिभरी ९ बुटवल क्षेत्रमा लगभग २४ घण्टा भित्रमा डेलिभरी हुने र बुटवल कै अन्य क्षेत्रहरुमा लगभग ४ देखि ६ घण्टा भित्रमा अर्डर गरिएका सामानहरु डेलिभरी हुने ।

    - उपभोक्ताहरुको रोजाई र साईजमा उत्पादन गरि आपुर्ति गर्ने भएको हुनाले अनावश्यक खर्चमा कटौति हुने ।

    - हाम्रा डिलरहरुले धेरै स्टक राख्नु पर्ने झन्झट हटाएर आवश्यक पर्दा मात्रै सामानहरु प्राप्त गर्न     सकिने ।

    - हाम्रा अनुभवी विशेषज्ञहरुले उपयुक्त रायसल्लाह उपलब्ध गराउने भएको हुनाले डिलरहरु तथा उपभोक्ताहरुले आवश्यक सामानको गुणस्तरिय पहिचानका लागी आवश्यक सेवा प्राप्त हुने ।

    H-Span / Hulas Heritage Sheet  का विशेषताहरु
    - H-Span  ठूलो चौडाईमा उपलब्ध हुने भएको हुनाले छाना छाउनका लागी अधिकतम क्षेत्रफल कभर गर्ने भएको हुनाले अन्य कर्कटपाताको तुलनामा १५५ सम्म लागत खर्चमा बचत गर्छ ।

    - नट, बोल्ट र किलाको प्रयोगमा अत्यधिक कमी आउने भएको हुनाले कम लागत, किफायती र पानी चुहिने समस्यामा शतप्रतिशत कमी बनाउंछ ।

    -  Hulas Heritage Sheetअन्य साधारण कर्कटपाता भन्दा बलियो, टिकाउ र अधिक लोड बहन गर्न सक्ने क्षमता भएको । 

    - लिक प्रुफ डिजाईन हुने भएको हुनाले ओभरल्यापबाट पानी चुहिने सम्भावना शुन्य बनाउंछ ।

    - कारखाना, पोल्ट्री फार्म र आवासीय घरहरुका लागी अत्यन्त उपयोगी हुने भएको ।  

    हुलास स्टिल इन्डष्ट्रिज लिमिटेड ले विश्वस्तरीय उत्पादन गुणस्तर कायम गर्दै ग्राहकहरूको आवश्यकता अनुरूप निरन्तर नयाँ प्रविधि तथा डिजाइनहरू समावेश गर्दै जाने क्रममा नेपाल कै पहिलो र अत्याधुनकि स्टील सेवा केन्द्र को रुपमा स्थापना गरी संचालनमा ल्याएको र भविष्यमा पनि सोही अनुसार हाम्रा आमउपभोक्त महानुभावहरुका लागी गुणस्तरीय उत्पादनहरु उत्पादन गरी बिक्रि वितरण गर्नेछौं ।   

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट