Aug 11 2026 | २०८३, साउन २६ गते

अफगानिस्तान भूकम्प अपडेट : मृतकको संख्या ११ सय नाघ्यो, ३ हजार भन्दा बढी घाइते

अफगानिस्तान भूकम्प अपडेट : मृतकको संख्या ११ सय नाघ्यो, ३ हजार भन्दा बढी घाइते

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १७ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १७ २०८२
  • अफगानिस्तान भूकम्प अपडेट : मृतकको संख्या ११ सय नाघ्यो, ३ हजार भन्दा बढी घाइते

    पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। हालसम्म कम्तिमा १ हजार १ सय २४ जनाको मृत्यु भएको र ३ हजार भन्दा बढी घाइते भएको पुष्टि भएको छ।

    images

    स्थानीय सरकारले भग्नावशेषबाट उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टर स्थानान्तरण कार्यहरूको समन्वय गरिरहेको छ।

    अफगान अन्तरिम सरकारले कुनार प्रान्त र छिमेकी क्षेत्रहरूमा ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा १ हजार १ सय २४ जनाको मृत्यु भएको र ३ हजार जना घाइते भएको पुष्टि गरेको छ।  मृतकको संख्या प्रारम्भिक अनुमान मात्र भएको र यसको संख्या बढ्ने छ। 

    ‘हामीले सबैथोक गुमायौं। मेरा दुई छोराको भूकम्पमा खुट्टा भाँचियो। हाम्रो सबै सम्पत्ति नष्ट भयो,’ कुनारका एक बासिन्दा खयात खानले भने।

    ‘हिजो राति भूकम्पमा मेरो परिवारका दुई सदस्यको मृत्यु भयो। हाम्रो घर पूर्ण रूपमा ध्वस्त भयो। हामीलाई आश्रय र आवश्यक सहयोग चाहिएको छ, प्रान्तका अर्का पीडित नेलातुल्लाहले भने। प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यक्रमहरु जारी राखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट