Aug 12 2026 | २०८३, साउन २७ गते

जलवायु संकटका कारण युरोपमा भीषण डढेलो

जलवायु संकटका कारण युरोपमा भीषण डढेलो

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १९ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १९ २०८२
  • जलवायु संकटका कारण युरोपमा भीषण डढेलो

    गत अगस्तमा स्पेन र पोर्चुगलमा फैलिएको भीषण डढेलोले ती क्षेत्रहरूमा ठूलो क्षति पुर्‍यायो । एक नयाँ वैज्ञानिक अध्ययनअनुसार, यस्ता परिस्थिति जलवायु परिवर्तनका कारण उत्पन्न भएका हुन् ।

    images

    अगस्त महिनाभर इबेरियन प्रायद्वीपमा तापक्रम असामान्य रूपले बढेको थियो । धेरै स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन गरिएको थियो, जसले गर्दा विशेषगरी उत्तर पोर्चुगल र पश्चिम तथा उत्तरपश्चिमी स्पेनमा डढेलो फैलन थालेको थियो ।

    उक्त डढेलोबाट स्पेन र पोर्चुगल दुवै देशमा ४–४ जनाको मृत्यु, हजारौं नागरिकको सुरक्षित स्थानतर्फ सार्ने व्यवस्था र विशाल वन तथा कृषियोग्य भूमि नष्ट भएको थियो ।  

    युरोपेली वन डढेलो जानकारी प्रणालीका अनुसार, स्पेनमा यस वर्ष तीन लाख ८० हजार हेक्टरभन्दा बढी जमिन डढेलोबाट प्रभावित भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च र वर्षे औसतको झण्डै पाँच गुणा बढी हो । पोर्चुगलमा पनि दुई लाख ८० हजार हेक्टरभन्दा बढी जमिन डढेलोबाट नष्ट भएको जनाइएको छ, जुन सामान्य वार्षिक औसतको तीन गुणा बढी हो ।

    विश्व मौसम सम्बन्ध पहिचान समूहद्वारा गरिएको अनुसन्धानअनुसार, मानवजन्य तापवृद्धिका कारण यस्ता मौसमीय अवस्था ४० गुणा बढी सम्भाव्य भएका हुन् । साथै, यस्ता डढेलोको तीव्रता पनि ३० प्रतिशतले बढी भएको पाइएको छ ।

    इम्पेरियल कलेज लन्डनका वैज्ञानिक कीपिङका अनुसार, 'यदि तापवृद्धिमा मानवको प्रभाव नहुने हो भने, यति गम्भीर डढेलो ल्याउने मौसम करिब ५ सय वर्षमा एकपटक मात्र देखिने सम्भावना हुन्थ्यो । तर अहिले यस्तो अवस्था प्रत्येक १५ वर्षमा एकपटक देखिन थालेको छ ।'

    गर्मीले वनस्पति अत्यधिक सुक्ने भएकाले डढेलो फैलन सजिलो हुने जनाइएको छ । स्पेनको मौसम विभागका अनुसार, यो अगस्त महिनामा भएको १६ दिन लामो गर्मी लहर अहिलेसम्मकै सबैभन्दा कडा भएको थियो । अघिल्ला वर्षहरूको तुलनामा यसपटकको गर्मी लहर ४.६ डिग्री सेल्सियस बढी मापन गरिएको हो ।

    स्पेनको कार्लोस तेस्रो स्वास्थ्य संस्थानले गरेको अनुमानअनुसार, सो गर्मी लहरका कारण करिब एक हजार एक सय जनाको ज्यान गएको छ ।

    सन् १९७५ यता स्पेनमा ७७ वटा गर्मी लहरहरू दर्ता भएका छन् । यस किसिमको डढेलोको जोखिम अझ बढ्नुमा गाउँवस्तीको खालीपन र परम्परागत खेती तथा पशुपालनको गिरावट समेत कारण भएको विज्ञले उल्लेख गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट