Aug 12 2026 | २०८३, साउन २७ गते

मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

    काठमाडौँ । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ । सङ्गीतकार शम्भुजीत बाँस्कोटाले सङ्गीत भर्नुका साथै शब्द रचना गरेको उक्त गीतको श्रव्यदृश्यमा अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामालगायतले अभिनय गरेका छन्।

    images

    गायिका थापाले अडियो र श्रव्यदृश्यलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताइन् । उनले भनिन्, “गीतमा चाडपर्वको रौनकसँगै चेलीको मनोभावलाई प्रस्तुत गर्ने कोसिस गरेका छौँ ।”

    सङ्गीतकार बास्कोटासँग तीज लक्षित गीत हरेक वर्ष एउटा मात्र तयार गर्ने गरेको उनले बताए । थापाले भनिन्, “नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन हुँदैन । अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको छ ।” राजधानीमा कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट