नेपाल बन्यो एसियाकै नयाँ 'वेडिङ डेस्टिनेसन', ७ देशका ५५० इभेन्ट म्यानेजर काठमाडौं झरे
नेपाल बन्यो एसियाकै नयाँ 'वेडिङ डेस्टिनेसन', ७ देशका ५५० इभेन्ट म्यानेजर काठमाडौं झरे
नेपाल बन्यो एसियाकै नयाँ 'वेडिङ डेस्टिनेसन', ७ देशका ५५० इभेन्ट म्यानेजर काठमाडौं झरे
EMF (Event Management Welfare Federation) भारतको इभेन्ट, वेडिङ र अनुभवात्मक मार्केटिङ उद्योगको संगठन हो, जसले वार्षिक रूपमा ACE (Awards, Convention, Exhibit) आयोजना गर्दै आएको छ। यसको उद्देश्य इभेन्ट तथा वेडिङ उद्योगमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान र प्रोत्साहन दिनु हो। यो पटकको सम्मेलनले सन् २०२५ अप्रिल १ देखि २०२६ मार्च ३१ सम्मको अवधिमा भएको उत्कृष्ट कामलाई सम्मानित गर्नेछ।
कुनै समय ट्रेकिङ र हिमाल आरोहणका लागि चिनिने नेपाल अब संसारभरका जोडीहरूको सपनाको विवाह गन्तव्य बन्ने दौडमा होडबाजी गर्दैछ। भारतको EMF ग्लोबलले आयोजना गर्ने प्रतिष्ठित "१३औं EMF एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड" पहिलोपटक भारतबाहिर, त्यो पनि सिधै नेपालमा भित्रिँदा साउन १४ देखि १६ (जुलाई ३०–अगस्ट १) सम्म होटल द सोल्टी काठमाडौं ७ देशका ५५० भन्दा बढी अन्तर्राष्ट्रिय इभेन्ट तथा वेडिङ व्यवस्थापकहरूको जमघटले गुल्जार बनेको छ। यो त्रि-दिवसीय महाआयोजनाले न केवल गत एक वर्षको उत्कृष्ट इभेन्ट कामलाई सम्मानित गर्नेछ, बरु नेपाललाई एसियाकै अर्को "MICE” (Meetings, Incentives, Conferences, Exhibitions) र वेडिङ डेस्टिनेसन हब" का रूपमा स्थापित गर्ने ऐतिहासिक अवसर पनि बनेको छ जसले भविष्यमा विदेशी करोडपतिहरूको भव्य विवाह-समारोहदेखि ठूला अन्तर्राष्ट्रिय सम्मेलनसम्म तान्ने ढोका खोलिदिन सक्छ।
कल्पना गर्नुहोस्, इटालीको भव्य भिला वा बालीको समुन्द्री किनारभन्दा पनि अलग, हिमालको काखमा दुलहा-दुलहीले सातफेरा हिँड्ने दृश्य। यही सपनालाई साकार पार्ने योजनासहित काठमाडौंको होटल द सोल्टीमा अहिले ७ देशका ५५० जना विश्वकै चलनचल्तीका वेडिङ र इभेन्ट व्यवस्थापकहरू जम्मा भएका छन् र यिनै व्यक्तिहरूकै हातमा छ, संसारभरका करोडपति जोडीहरूले आफ्नो जीवनको सबैभन्दा खास दिन कहाँ मनाउने भन्ने निर्णय। भारतबाहिर पहिलोपटक आयोजना हुँदै गरेको यो ग्लोबल कन्भेन्सनले नेपाललाई ट्रेकिङ र आरोहणको परिचयबाट माथि उठाएर "डेस्टिनेसन वेडिङ हब" का रूपमा विश्व नक्सामा राख्ने प्रयास गर्दैछ, यदि यो सफल भयो भने, आउँदा वर्षहरूमा सगरमाथाको काखमा विदेशी जोडीको बिहे बुझ्ने दृश्य अब सपना मात्र रहनेछैन।
