Aug 12 2026 | २०८३, साउन २७ गते

‘एक भागवत र एक गीता’को झिझिया गीत सार्वजनिक

‘एक भागवत र एक गीता’को झिझिया गीत सार्वजनिक

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • ‘एक भागवत र एक गीता’को झिझिया गीत सार्वजनिक

    नेपाली फिल्म ‘एक भागवत र एक गीता’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘झिझिया’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो। 

    images

    गीतको भिडियोमा सुहाना थापा र विपीन कार्की प्रस्तुत भएका छन्।  गीतमा नेहा प्रियादर्शिनी र प्रवेश मलिकको स्वर रहेको छ भने संगीत प्रवेशले नै गरेका हुन्।

    झरना थापा निर्देशित फिल्मको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

    सुनिलकुमार थापाले निर्माण गरेको यो फिल्ममा विपीन र सुहानाका साथमा धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवर, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केशव क्षेत्री लगायतका कलाकारले अभिनय गरेका छन्। 

    फिल्म यही भदौ २९ गते शुक्रबार रिलिज हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट