Aug 09 2026 | २०८३, साउन २४ गते

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजार १७३ कुखुरा नष्ट

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजार १७३ कुखुरा नष्ट

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
  • भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजार १७३ कुखुरा नष्ट

    काठमाडौं । भक्तपुरमा पनि ‘बर्डफ्लू’ संक्रमण पुष्टि भएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए ।

    images

    बर्डफ्लू रोगका कारण सूर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए । जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए । रासस

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट